कपिलवस्तु- २ मा रास्वपाबाट पूर्व एएसपी विक्रम सिंह थापा उम्मेदवार
कपिलवस्तु क्षेत्र नम्बर २ बाट पूर्व एएसपी विक्रम सिंह थापाले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले थापालाई यस क्षेत्रका लागि उम्मेदवारको टिकट प्रदान गरेको हो। यसअघि थापा गत निर्वाचनमा नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए भने सो निर्वाचनमा उनी पराजित भएका थिए। यसपटक भने उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन्। थापा कपिलवस्तुमा २०७१ सालमा प्रहरी प्रमुख (एसपी)को रूपमा कार्यरत रहँदा तौलेश्वरनाथ महादेव मन्दिरमा ठूलो घन्टी चढाएका थिए। सोही घन्टी अहिले उनको चुनाव चिन्ह बनेको छ। थापाले आफूले घन्टी चुनाव चिन्हबाट टिकट प्राप्त गरिसकेको जानकारी दिएका छन् ।
Facebook Comments Box
