जंगली जनावरको आक्रमण बाट महिलाको मृत्यु 

सेयर गर्नुहोस

कृष्णनगर, कपिलवस्तु पुष १० । जंगली जनावरकाे आक्रमणले एक जना महिलाकाे मृत्यु भएकाे छ।

जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं १० बस्ने उर्मिला कोरीको जंगली जनावरको आक्रमण बाट आज मृत्यु भएको छ।

 भारतको बलरामपुर जिल्लाको जंगलमा अमौली बस्ने महिला घास, दाउराका लागि गएको बेला जंगली जनावरले आक्रमण गरेको थियो ‌।स्थानीय भनाई अनुसार घाटी काटेको अवस्थामा शव फेला परेकाले बाघ, अथवा चितुवाको आक्रमण हुन सक्ने आकलन गरिएको छ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक महेश कुमार आचार्य संग सम्पर्क गर्दा उहांले भारतमा घटना भएकाले हामी भारतीय प्रहरी संग समन्वय गरि थप विवरण बुझिरहेकाे बताए।

Facebook Comments Box