जय अम्बे प्लाई फ्याक्ट्रीमा अवैध युरिया मल बरामद

सेयर गर्नुहोस

कपिलवस्तु, मंसिर२९ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं ७ रूद्रपुरकाे जय अम्बे प्लाई फ्याक्ट्रीबाट सशस्त्र प्रहरी बल कृष्णनगरले अबैध भारतिय युरिया मल बरामद गरिएको छ।

बिशेष सुराकीका आधारमा सशस्त्र प्रहरी नायब उपरिक्षक तुला बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले जय अम्बे प्लाई फ्याक्ट्री बाट अबैध रुपमा लुकाई छिपाई राखेको अवस्थामा १८१ बोरा युरिया मल बरामद गरेको छ।

गहुं खेतीका लागि मल आभाव भएका बेला किसान कै नाममा प्लाई फ्याक्ट्रीहरूले तस्कर प्रयोग गरेर भारतीय युरिया मल मगाउने गरेको तथ्य पटक पटक स्पष्ट हुने गरेकाे छ। अवैध भारतीय युरिया मल जिल्लाको कुकुरभुकवा, डुमाई, भिल्मी, कुशहवा , बगही लगायत क्षेत्रबाट तस्करी भइ आउने र सो युरिया मल प्लाई फ्याक्ट्री हरूले महंगो रेटमा किनेर त्यसलाई ग्लूको रूपमा प्रयोग गर्दै आएका छन्।

व्यवसायी मनोज कनोडिया संचालक रहेको उक्त प्लाई फ्याक्ट्रीमा पहिला पनि भारतीय युरिया मल पलाई फ्याक्ट्रीको पछाडिको बाटो प्रयोग गरि आउदै गरेको स्रोतले बताएको छ।बयत्रो ठूलो मात्रामा युरिया मल बरामद हुंदा किसानहरू उक्त प्लाई फ्याक्ट्री लाई आजीवन बन्द गर्नु पर्ने आक्रोश पोखेका छन्।

बरामद युरिया मल आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय कृष्णानगर पठाईएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएकाे छ।

Facebook Comments Box