कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे
कपिलवस्तु , मंसिर १९ ।
कपिलवस्तुको जिल्लाकाे विजयनगर गाउंपालिकासंग सटेकाे नेपाल -भारत सिमाना खुकुलाे भएकाले खसीको तस्करी बढेको छ ।
वर्तमान समयमा विजयनगर गांउपालिकाको भारतसंग सटेकाक्षेत्र हुदै भारतबाट निर्वाध रूपमा खसि बोका लगायत अन्य मालसामान तस्करी खुला रूपमा भै रहेको पुरानाे घटनाक्रमहरुले दर्शाउछन् ।
विजयनगर गांउपालिका को सिमा क्षेत्रकाे दत्तापुर , कठुवा, डालपुरहुदै माेटरसाइकल र साइकलमा खसिबाेकाकाे तस्करी हुदै आएकाे छ । साे क्षेत्रमाअबैध माल सामान ओसारपसार रोक्न वि.ओ. पी. डालपुर तथा वि. ओ. पी. जवावैराठ समेत रहेकोले अबैध रुपमा खसिबोका, काठ लगायत अन्य समानहरूसमेत भित्रिनु आफैमा गम्भीर प्रश्न खडा भएको छ ।
नजिकै रहेको इप्रका सुनदरीडाडां, इप्रका गणेशपुर विशुनपुर सशस्त्र समेत हुदाहुदै अबैध खसिबोका भारतबाट तस्करी भई नेपाल भित्रिने गर्छन तर सुरक्षा निकायकाे चरम लापरवाही तथा मिलीभगतले दैनिक लाखौंकाे राजस्व गुम्दै गएकाे छ ।
