साझेदारी बन उपभोक्ताले बार्डरसम्मका जनता लाभान्वित भएका छन : पुर्वमन्त्री यादव
अंकुश श्रीवास्तव
कपिलवस्तु , कार्तिक १३ । जिल्लाकाे गाैतम बुद्ध साझेदारी बन उपभोक्ता समुह उज्ज्वलपुरले दशाैं साधारणसभा सम्पन्न गरेकाे छ ।
साधारणसभामा आर्थिक बर्ष २०८१/८२ काे कार्य आम्दानी खर्च र प्रगति विवरण ले प्रस्तुत गर्नुभएको थियाे । गाैतम बुद्ध साझेदारी बन उपभोक्ता समुहले कुल १ कराे ५८ लाख खर्च गरेकाे छ भने बैंक माैज्दात २ लाख १२ हजारा ८३८ रुपैयाँ रहेकाे बार्षिक प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
आर्थिक बर्ष २०८१/८२ उपभोक्ता समूह ले विभिन्न प्रकारका कुल ६६६ वटा रुख कटान गरि १४ हजार ८ सय २५ क्युब फिट काठ घाटगद्दी गरेकाे अध्यक्ष परवेज आलमले जानकारी गराउनुभएकाे थियाे। अध्यक्ष आलमले आ.ब २०८२/०८३ मा संचालन हुने प्रस्तावित बार्षिक कार्यक्रम तथा बजेटहरु प्रस्तुत गर्दै स्थानीय तहहरुसंग थप सहकार्य आवश्यक रहेकाले अगामी दिनमा पनि हातेमालो गर्दै जाने बताउनुभयाे ।

कार्यक्रमका प्रमख अतिथि पुर्व प्रदेशमन्त्री एवं प्रदेश सदस्य जानकी यादवले साझेदारी बन उपभोक्ता समुहले चुरेदेखि भारतकाे बार्डरसम्मका जनतालाई वनजन्य उत्पादन उपलब्ध गराउन महत्त्वपूर्ण भुमिका खेलेकाे बताउनुभयो । उनले आफु ७ बर्षसम्म अध्यक्ष रहेका समय अतिक्रमित जग्गा नियन्त्रणमा लिएर कार्यालय , पाेखरी र नया बन व्यवस्थापन गरेकाे जानकारी गराउनुभयाे ।



कुल १०९३१ घुरधुरी रहेकाे गाैतम बुद्ध साझेदारी बन उपभोक्ता समुह बिजयनगर गाउंपालिकाकाे ७ वडा , कृष्णनगर नगरपालिकाकाे वडा १ देखि ४ र १० देखि १२ समेटिएको छ साथै साे समुहकाे बनजंगल ३५७२.५१ हेक्टरमा फैलिएकाे छ। कुल ११४ जना सदस्य छन भने २० जनाकाे कार्यसमितिरहेकाे छ।
बार्षिक साधारणसभामा कपिलवस्तु साझेदारी बन उपभोक्ता समुहका गंगेश तिवारी, शिवराज साझेदारी बन उपभोक्ता समुहका हरि पाेख्रेल , विजयनगर गाउंपालिककाका अध्यक्ष गाेपाल थापा , डा. जहिरुल हसन खां, वडाध्यक्ष दिनेश चाैधरी, कृष्णकुमार गुप्ता, राहुल माेदनवाल, किफायतुल्लह लगायत पदाधिकारी , प्रतिनिधि सदस्य, जनप्रतिनिधि , पत्रकारकाे उपस्थिति थियाे ।
