नदी कटान नियन्त्रणका लागि प्रशासनलाई ज्ञापन
कपिलवस्तु , असाेज २९ । जिल्लाकाे कृष्णनगरका स्थानीय युवाहरुले चरंगाहवा नदी काट्न नियन्त्रणका लागि पहल गरिदिन जिल्ला प्रशासन कार्यालयलाई अनुराेध गरेका छन ।
आज कृष्णनगर नगरपालिकाका स्थानीय युवाहरुले प्रजिअ दिल बहादुर तमाङ्गलाई ज्ञापन पत्रमार्फत नदी कटान नियन्त्रणका लागि पहल गरिदिन निवेदन गरेका हुन ।
दर्जन बढी युवाहरुकाे समुहले प्रजिअ तमाङ्गलाई तिहार पछि स्थलगत निरिक्षण गर्न र कटेका ठांउहरूमा नियन्त्रणका प्रयासस गर्नहुन अनुराेध गरिएकाे सुदिप त्रिपाठीले बताउनुभएको छ । साथै स्थानीय तहले समेत चासाे नलिएकाे गुनासाे गरेपछि प्रजिअ तमाङ्ग छिट्टै अनुगमनमा आउने अश्वसान दिनुभएको त्रिपाठीले बताए ।


Facebook Comments Box
