कित्ताकाट राेकिएकाले घरजग्गा किनबेचमा समस्या
कपिलवस्तु , असाेज २९ । जिल्लाका अधिकांश पालिकाहरुमा कित्ताकाट राेकिएकाले जग्गा व्यवसायी र सर्वसाधारणलाई समस्या भईरहेकाे छ ।
आर्थिक बर्ष ८२/८३ का लागि जिल्लाका स्थानीय तहहरु ले नापी कार्यालय कपिलवस्तुमा वर्गीकरण लिस्ट नपुर्याएकाले कित्ताकाट सुचना निकाल्न गाह्राे भएकाे छ । जिल्लाका दुई स्थानीय तह बुद्धभुमी र शुदाेधनले मात्र वर्गीकरण लिस्ट पठाएकाले नापी कार्यालय पठाएकाे छ।
पालिकाकाे कार्यपालिकाले निर्णय गरेकाे जग्गा वर्गीकरण लिस्ट नापी कार्यालयसम्म नपुगेकाले जग्गा किनबेच गर्न गाह्राे भएकाे साेना प्रपर्टी प्रालिका प्राेेपराइटर इस्लाम खांले बताउनु भयाे ।
मालपाेत कार्यालयबाट जग्गा पास लगायत कित्ताकाट हुन नपाउँदा सर्वसाधारणले घर बनाउन, ऋण लिई व्यवसाय संचालन गर्न जस्ता समस्या देखा परेकाे व्यवसायी जीवलाल पाैडेलकाे भनाई छ।
कृष्णनगर , शिवराज, महाराजगन्ज , बाणगंगा, मायादेवी, यशाेधरा , विजयनगर पालिकाहरुले हालसम्म वर्गीकरण लिस्ट पुर्याउन नसकेकाले जग्गा पास राेकिएकाे स्राेतले जनाएको छ ।
