ताैलिहवा आँखा अस्पतालद्वारा निशुल्क शल्यक्रिया

सेयर गर्नुहोस

अरुण श्रीवास्तव
कपिलवस्तु , असाेज २३ । विश्व दृष्टि दिवसका अवसरमा तौलिहवा आंखा अस्पतालले निशुल्क शल्यक्रिया तथा आँखा जाँच कार्यक्रम सम्पन्न गरेकाे छ ।
विश्व दृष्टि दिवसका अवसरमा अस्पतालले कुल ४७ जना मोतिबिन्दु बिरामीलाई निःशुल्क शल्यक्रिया गरेकाे छ। अस्पतालले शल्यक्रिया सम्पन्न भएका बिरामीलाई ओैषधी तथा निःशुल्क चस्माको साथै फलफूल वितरण गरेकाे अध्यक्ष मनाेज कुमार श्रीवास्तवले बताउनु भएकाे छ ।
सोहि अवसरमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्ताेष आचार्य लगायत प्रहरी अफिसर, जवानलाई निःशुल्क आंखा जांच, ओैषधी तथा निःशुल्क चस्मा बितरण गरिएको थियाे ।

Facebook Comments Box