कपिलवस्तुमा अवैध कपडा बरामद

सेयर गर्नुहोस

कपिलवस्तु , असाेज २० । सशस्त्र प्रहरी बल कपिलवस्तुको सुचना तथा सहयोगमा राजस्व अनुसन्धान कार्यालय बुटवलले कपिलवस्तुको शिवराजमा अवैध कपडा बरामद गरिएकाे छ ।
सशस्त्र प्रहरी बल कपिलवस्तुको सुचना तथा सहयोगमा राजस्व अनुसन्धान कार्यालय बुटवलले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा स्थित चिरञ्जीवी खनालको घरमा रहेको गोदामबाट श्रोत नखुलेको करिब १६ लाख बढिका २३ बोरा अवैध कपडा बरामद गरेको छ।
विशेष सुराकीकाे आधारमा सशस्त्र प्रहरी बलका नायब उपरिक्षक तुला बहादुर चाैधरीसहितकाे टाेलीले राजस्व अनुसन्धानसंगकाे सहकार्यमा भन्सार छली गरि स्टाेर गरिएकाे कपडा बरामद गरेकाेे हाे ।
खानतलाशि तथा छापा हान्ने अधिकार नहुदा शशस्त्र प्रहरीले राजस्व अनुसन्धान, भन्सार, आन्तरिक राजस्व कार्यालय, अख्तियार, नेपाल प्रहरी लगायत संग सहयोग लिदै आएको छ ।

Facebook Comments Box