वर्षाले धान बालीमा क्षति
धर्मेन्द्र कुमार कुर्मी कपिलवस्तु।
दशैको टीका सकेर अन्नबाली भित्र्याउने तयारीमा रहेका कपिलवस्तुको कृषकलाई पछिल्लो वर्षाले समस्यामा पारेको छ । दशैको टिकाको भोलीपल्टबाट लगातार दुइदिन सम्म परेको पानीले धान बालीमा क्षति पु¥याएको हो ।
ठुलो क्षति नपुगेपनि काट्ने बेलाको धानका लागि समस्या भएको किसानहरु बताउँछन् । वर्षाका कारण कपिलवस्तुको विजयनगर गाउँपालिका, लगायतका स्थानीय तहका किसानले भित्रयाउन लागिएको धानबालीमा क्षति पुगेको हो ।
धान पाकेर काट्ने तयारीमा रहेपनि वर्षाका कारण हावा पनि चलेकाले केही स्थानमा धान ढलेको र पाकेको धानलाई अरु पनि असर गरेको विजयनगर गाउँपालिका वडा नम्बर–७ मधनगर का किसान अनिल कुमार चौधरी (बडकन) बताउँछन् ।
मौसमको भारी प्रभावले विजयनगरका दश वटौ स्थानीय तहमा कृषकको धानमा पनि क्षति पुगेको छ । विशेष गरी अग्लो र पाकेको धान बढी मात्रामा ढलेको देखिएको छ । बिदा र मौसमको अचानक परिवर्तनका कारण विजयनगर कति हेक्टर धानमा क्षति पुगेको छ भन्ने तथ्याङ्क अहिलेसम्म सङ्कलन हुन सकेको छैन ।
