चिनियाँ कम्पनिले ज्याला माग्दा श्रमिकको गोली हानी हत्या श्रमिक आन्दोलित

ढाका । बंगलादेशमा चिनियाँ कम्पनीले समयमै ज्याला नदिँदा श्रमिकहरु आन्दोलित भएका छन् । आन्दोलनमा गोली चल्दा ५ जना श्रमिक मारिएका छन् ।
चटगाउँ क्षेत्रको बंशीखालीमा चिनियाँ संयुक्त लगानीमा सञ्चालित कोइलाबाट चल्ने उर्जा केन्द्रमा गोलाबारी हुँदा कम्तिमा ५ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । पवित्र पर्व रमजानसहितको बाँकी भुक्तानी माग्दै भएको विरोध गरिरहेका १५ भन्दा बढी सबै कार्यकर्ता घाइते भएका छन् ।
चटगाउँ रेन्जका पुलिस उप महानिरीक्षक अनवर हुसैनले चुडाडांगका ‘रोनी’, किशोरगंजका एमडी राहड़, नरसिंगडीका ‘शवो’, बंशीखालीका महमूद रजा र नोआखलाका ‘रायहान’ को आन्दोलनका क्रममा मृत्यु भएको हो ।
अस्पतालका डाक्टर फ़ेसल करीमका अनुसार ‘रायहान’को चटगाउँ मेडिकल कलेजमा उपचारका क्रममा मत्यु भयो ।
डीआईजी हुसैनका अनुसार बंशीखालीको गंडामारा स्थित पावर प्लान्टका मजदुरहरुले बाँकी भुक्तानी दिनुपर्ने, कामको अवधि कम गर्नुपर्ने, रमजानको समयको ओभर टाइम दिनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका थिए ।
रमजानमा निर्धारित गरिएको भुक्तानीभन्दा पहिलाको भुक्तानी नपाउँदा असन्तुष्ट कर्मचारीहरुले कम्पनी प्रबन्धकसँगको बैठकमा कुरा नमिलेपछि उर्जा केन्द्रमा हमला गरेका थिए । प्रहरीले हस्तक्षेप गरेपछि प्रहरीमाथि पनि हमला गर्दा तीन प्रहरीकर्मी गम्भीर घाइते डीआईजी हुसैनले दावी थरे । त्यसैकारण प्रहरी फायर खोल्न बाध्य भएको उनको दाबी छ । प्रदर्शनपछि पावर प्लान्टमा ५० भन्दा बढी पुलिसकर्मी तैनात गरियो । तर यो परिणामको जिम्मेवार चिनियाँ कम्पनी नै देखिन्छ । जसले श्रमिकका मागलाई वेवास्ता गरयो र परिस्थिति जटिल बन्यो ।
श्रमिकहरुले ४ बुँदे माग राखेका छन् । बाँकी ज्याला तत्काल भुक्तानी, शुक्रवार आधा दिनमात्रै काम, इफ्तार (रमजान) का लागि पर्याप्त समय र तलबमा वृद्धि श्रमिकका माग रहेका छन् । चिनियाँ संयुक्त लगानीको यो परियोजना २०१६ बाट सञ्चालनमा आएको छ । सुरु देखिनै यहाँ विवाद रहेको बताइन्छ । नेपालपाना
