कपिलवस्तुमा (खैराे ) काठ प्रहरी द्वारा बरामद
लालु चौधरी – कपिलवस्तु
कपिलवस्तु बिजयनगरकाे सिमानाका पिल्लर नम्बर ५७७/५ काे झाडीमा लुकाईछिपाई राखेकाे खैराे काठ ठकुरापु प्रहरी चौकी, साझेदारी बन ठकुरापुर,सशस्त्र प्रहरी बल डालपुर,र इलाका प्रहरी गणेशपुर काे टाेली ले बरामद गरेकाेछ
झाडीमा लुकाइ छिपाइ राखेको १२ वटा खैराे काठ झन्डै काठ बिहीबार सांझ विशेष सूचनाको आधारमा साझेदारी बन ठकुरापुर, सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय गणेशपुर र प्रहरी चौकी ठकुरापुर ले बरामद गरेको छ।
जिल्लाकाे कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोत काे सिमानाकामा रहेको पिल्लर ५७७/५ काे झाडीमा लुकाएर राखिएकाे अवस्थामा खैरो काठ बरामद गरिएकाे छ।
साझा करिब साढे ६ बजेकाे समयमा सुराकीकाे आधारमा प्रहरीले सहित करिब ६० हजार बराबरकाे काठ बरामद गरेकाे छ ।
नेपाल-भारत सिमामा दर्जनौं कष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट खैराे, सिसम र सहगवनकाे काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाकाे वडा १२ भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गाेलियाहरु झाडीमा,बगैँचा, पराल अथवा गाेठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे गणेशपुर टोली जनाएको छन ।
