दलित बिकास संघको ७ औं साधारणसभा तथा अधिबेशन सम्पन्न
कपिलवस्तु, भदौ २० ।
शम्भु बिश्वकर्मा
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९ शिवगढीमा अवस्थित दलित विकास संघ शिवराजको ७ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व दलित आयोगका सदस्य बेगम विश्वकर्माले दलित तथा गैरदलितबीचको व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले अझै पनि दलित समुदाय विभेदका पीडादायी अवस्थामा रहेको उल्लेख गर्दै सम्पूर्ण दलित अगुवाहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
बिशिस्ट अतिथि दलित मानव अधिकारकर्मी मिना परियारले अझै पनि समाजमा जातीय विभेद विद्यमान रहेको भन्दै दलित मर्दा मलामी नपाइने अवस्थाको उदाहरण प्रस्तुत गर्नुभयो ।
त्यस्तै, विशेष अतिथि नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोख्रेलले जातीय विभेद अस्वीकार्य रहेको बताउनुभयो । उहाँले दलितहरूले व्यापार गर्दा दमै, कामी, सार्की भनिने तर गैरदलितले गर्दा व्यापारी वा उद्यमी भनिने दोहोरो व्यवहारप्रति प्रश्न उठाउनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपाल शाखा कपिलवस्तुका अध्यक्ष शम्भु विश्वकर्माले कतै पनि जातीय विभेद भएमा आफ्नो संघमा खबर गर्न आग्रह गर्नुभयो । विभेद गर्नेहरूलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दलित समुदायलाई दिइएको कोटा न्यून भएको प्रति असन्तोष व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संघका सल्लाहकार समितिका सदस्य यम बहादुर विश्वकर्माले गर्नुभएको थियो भने सञ्चालन सचिव सुबास परियारले गर्नुभएको थियो ।
पुर्ण बहादुर सुनारको अध्यक्षतामा ७ सदस्य समिति चयन भएको छ ।
उपाध्यक्ष:- यम बहादुर सुनार
सचीव:- सुबास दमै
कोषाध्यक्ष:- मनिषा विश्वकर्मा
सदस्यहरु:- सुमित्रा सुनार, श्यामलाल दमै र खड्का बहादुर सार्की
