भारतीय पर्यटकले पाँच हजार डलर ल्याउन पाउने समस्या समाधान
अंकुश श्री/कपिलवस्तु , भदाैं ११ । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा साै रुपैयाँकाे नाेट साै रुपैयाँकाे नाेट पाँच हजार डलर बराबरको लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका बजार लगायत स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीहरुको गुनासोका साथै भारतीय पर्यटक लाई समेत समस्या हुने गरेकाे थियाे । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने विदेशीले नेपालमा विनिमय हुने पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेपछि जिल्लाकाे कृष्णनगर , मर्यादपुर , ताैलिहवा , बहादुरगंज, चन्द्राैटा लगायतका हाेटेल व्यसायी हार्षित भएका छन।
राष्ट्र बैंकले यही भदौ १० गते सार्वजनिक सूचना जारी गरी नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी पाँच हजार डलरसम्म ल्याउने प्रावधान रहेको सुचना मार्फत जनाएको छ ।
उद्योग वाणिज्य सङ्घ कृष्णनगरका अध्यक्ष रितेश शर्माल राष्ट्र बैंकले भारतीय पर्यटकलाई भन्सार घोषणा नगरीकनै पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने प्रावधानले यहाँको उद्योगी , पर्यटन व्यवसायीलाई धेरै राहत मिल्ने बताउनुभयाे ।
कृष्णनगर , चन्द्राैटा , चार नम्बर , गाेरुसिङ्गे , ताैलिहवाका हाेटल व्यवासायी , टुर एण्ड ट्रभल्स तथा नाका हुँदै जाने लुम्बिनी , स्वर्गद्वारी , सुपादेउराली , मनकामना , पाेखरा , मुस्ताङ जाने पर्यटकका लागि सहज वातावरण बन्दै गएकाे अध्यक्ष शर्माले बताए । नेपालको पर्यटन क्षेत्र आन्तरिक र सीमा क्षेत्रकाे हाेटेल , बजार भारतीय पर्यटककै कारणले धानिरहको व्यवसायी बताउँछन् ।
