तीजकाे राैनक : कृष्णनगरमा तीज विशेष कार्यक्रम सम्पन्न
कपिलवस्तु , भदौ ६ । जिल्लाकाे कृष्णनगरमा तीज विशेष कार्यक्रम धूमधामका साथ मनाएका छन ।
स्थानीय महिलाहरु रातो, हरियो र पहेंलो रंगका परम्परागत लुगा र गहनामा सजिएर नाचगान गर्दै तीज विशेष कार्यक्रम उल्लासपुर्वक मनाए।
सुपादेउराली महिला समुहकाे आयाेजना कृष्णनगर वडा २ का सदस्य राहुल मोदनवाल र रेनू शर्माकाे विशेष सक्रियतामा उद्योग वाणिज्य संघकाे हालमा तीज विशेष कार्यक्रम सम्पन्न भएकाे छ ।
स्थानीय भद्रभला , राजनीति दल प्रतिनिधि , स्थानीय जनप्रतिनिधि , संचारकर्मि लगायत हजारौंकाे संख्यामा महिला , दिदी बहिनीलगायतले नृत्य प्रस्तुत गरेकी थिइन ।
पछिल्ला समयमा कृष्णनगरमा तीन गीत सांस्कृतिक कार्यक्रम लगाउयत आयाेजना बढ्न थालेकाे छ । विगत बर्ष झैं यश बर्षपनि तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो। आजकाे कार्यक्रममा लोकदोहोरी, नृत्य र धार्मिक भजनमार्फत तीजको महत्व उजागर गरिएको वडा सदस्य राहुल माेदनवालकाे भनाई छ।
तीजमा नाचगान भनेको महिलाहरूको प्रमुख सांस्कृतिक र धार्मिक उत्सवको आकर्षण हो।
तीज पर्वमा विवाहित र अविवाहित दुवै महिलाहरू हरितालिका तीजको व्रत बस्छन्, शिव–पार्वतीको पूजा गर्छन् अनि पारिवारिक र धार्मिक वातावरणमा रमाइलो गर्दै नाचगान गर्छन्।
नाचगानको विशेषता:
- महिलाहरू रातो पहिरन (साडी, कुर्ता, पोशाक) लगाएर समूहमा भेला हुन्छन्।
- मन्दिर, आँगन वा सामुदायिक स्थलमा गीत गाउँदै घेरामा नाचिन्छ।
- गीतहरूले प्रायः जीवन, समाज, मायाप्रेम, दुख–सुख र देवीको स्तुति प्रकट गर्छ।
- ढोलक, मादल, हार्मोनियम जस्ता वाद्यवादन प्रयोग हुन्छ।
नाचगानले समाजमा एकता ल्याउने, महिलाहरूबीच आत्मीयता बढाउने र सांस्कृतिक परम्परा जोगाउने काम गर्छ।
