दाेषी सुरक्षाकर्मीलाई कार्यवाही गर्न मानवअधिकारवादीकाे माग

सेयर गर्नुहोस

कपिलवस्तु , भदाैं ६ । भारतकाे अलिगढवा जाेडिएकाे चाकरचाैडा स्थित सशस्त्र प्रहरी टोलीले सर्वसाधारणमाथि गरेकाे लाठीचार्ज गर्दा स्थानीय ३ जना घाइते भएकाे घटना प्रति मधेस मानवअधिकार गृहले गम्भीर ध्यानाकर्षण गराएको छ।

विस्तृत विज्ञप्ति .…..

भारतको अलीगढवा बजारसँग सीमा जोडिएको कपिलवस्तु जिल्ला मायादेवी गाउँ पालिका वार्ड नं ४ चाकलचौडा बजार मा भदौ ५ गते सशस्त्र प्रहरी टोलीले लाठीचार्ज गर्दा स्थानीय ३ जना घाइते भएकाे घटना प्रति मधेस मानवअधिकार गृह को गम्भीर ध्यानाकर्षण भएको छ।
घाइते हुने हरुमा पिपराका ७५ वर्षीय अब्दुल कयुम, ५५ वर्षीय चिरकुट लोध र बुलाडिहवाका १६ वर्षीय साहिल मुसलमान रहेका छन् । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । साहिलको हातको नसा काटिएको र अवस्था गम्भीर रहेको बताइएको छ । स्थानीय बासिन्दाको भनाइ अनुसार १५ वर्षीय एक बालकलाई किराना सामान वापतको पैसा नदिएको कारण कुटपिट गरेपछि स्थानीय संग विवाद सुरु भइ चर्काचर्की भएको “बिना सोधपुछ, बृद्ध देखि महिला सम्मलाई कुटपिट गरे र सीमामा प्रहरी र सशस्त्र प्रहरी दुवै निकायले विभिन्न स्थानमा अनावश्यक चेकजाँच गरेर नागरिकलाई सास्ती दिने सामान ल्याउने व्यक्तिलाई पटक–पटक झन्झट दिने गरेकाे जन गुनासो छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्र कुमार सिंहले सिमा निरको सडकमा राखिएको बाइक हटाउने विषयमा विवाद सुरु भई भिड अनियन्त्रित भएपछि सशस्त्रले बल प्रयोग गरेको बताए । उनका अनुसार तीन जना घाइते उपचाररत छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ । यस घटनाको निष्पक्ष छानबिन गरि दोषी लाइ कार्वाही गर्न मधेस मानव अधिकार गृह जोडदार माँग गरेकाे अध्यक्ष रवि ठाकुरले बताउनुभएकाे छ।

Facebook Comments Box