गाडी समयमा पुर्याउनु , डस्टबिन राख्नु अटेर गरे कार्यवाही गर्नु : वडासमिति
कृष्णनगर , भदाैं ५ । जिल्लाकाे कृष्णनगर नगरपालिका सरसफाइका लागि कडारुपमा प्रस्तुत भएपछि वडा २ ले संयमित भई कार्यवाही गर्न पत्राचार गरेकाे छ ।
नगरपालिका क्षेत्रमा सरसफाइका लागि सुचना प्रकाशित गरि फाेहाेर नफाल्न सुचना निकालेपनि फाेहाेर फाल्ने व्यक्तिहरुलाई नगरप्रहरिले कार्यवाही गर्न थालेपछि वडा २ का सर्वसाधारणले विराेध गर्न शुरु गरेका छन । नगरप्रहरिकाे बाेल्ने शैली , बजार क्षेत्रमा फाेहारपत्र , डम्पिङ साइट नबनाएकाले घरमै थुपारेर राख्न नमिल्ने जनगुनासाे बढेकाे छ ।
स्थानीयकाे गुनासाेे बढेपछि सरसफाइ अभियानलाई सहयाेग गरिरहेकाे वडा २ का वडा समितिले बैठक बसी कम्तिमा बजारमा डस्टविन, डम्पिङ साइट उपलब्ध गराउन नगरपालिकालाई निर्णयसहितकाे आग्रहपत्र पठाएकाे छ ।
वडाले बजार क्षेत्र सुन्दर हुनु राम्राे पक्ष रहेकाे र साे कार्यमा सदैव समर्थन रहने प्रतिवद्धता जनाएकाे छ । नेपाल -भारत दुवै देशका नागरिक यसै वडामा आवतजावत गर्छन बजार सफा भयाे सबै मानसम्मान बढ्नेछ तर बजारका सबै ठाउँ गाडी समयमा पुग्नुपर्याे र एक पटकका लागि जरिवाना काट्नुभन्दा नसिहत दिएर छाेड्नु ठिक हुने वडासमितिकाेे निष्कर्ष छ । नसिहतपछि पनि अटेर गर्छन भने जरिवाना नियमानुसार काट्नु उपयुक्त हुन्छ ।
वडाध्यक्ष कृष्णकुमार लाल गुप्ताले सर्वसाधारणलाई तर्साउनु भन्दा मनाउनुपर्छ । घिसारेर लागि जरिवाना काट्दैमा सुधार हुदैन संयमित भई नियमपरिधि भित्र ल्याउन जरुरी रहेकाे अध्यक्ष गुप्ताकाे भनाई छ ।
