कपिलवस्तु प्रहरीले एक महिनामै ३० फरार प्रतिवादी पक्राउ

सेयर गर्नुहोस

भुपाल थापा, भाद्र ३ गते

कपिलवस्तु प्रहरीले विभिन्न कसुरमा दोषी ठहर भएका फरार ३० जना प्रतिवादीलाई बितेको एक महिनामा पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आयोजना गरेको मासिक पत्रकार भेटघाटमा विभिन्न समयमा अदालतबाट फैसला भई दोषी ठहर भई सजाय भुक्तान गर्नुपर्नेमा फरार रहेका त्यस्ता व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले फरार रहेकामध्ये २४ जना पुरुष र ६ जना महिला गरि ३० जनालाई विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार, पक्राउ परेकाहरुबाट ६ वर्ष ३ महिना २ दिन कैद असुल उपर हुनेछ भने ३ लाख १२ हजार ५ सय ४० रुपैयाँ जरिवाना असुल उपर गरिएको छ ।साउन महिनामा लागु औषध ब्राउन सुगर १३ ग्राम ५ सय ९१ मिलिग्राम बरामद गरी ४ वटा मुद्दा दर्ता गर्दा ६ जना पक्राउ परेका उनले जानकारी दिए । यसैगरी, एक महिनामा विभिन्न स्थानमा गरिएको सवारी जाँचबाट २ लाख ७० हजार रुपैयाँ राजश्व उठेको पनि उनले जनाए । यसैगरी, पछिल्लो समय समुदायमा आत्महत्याका घटना उल्लेख्य रुपमा बढेको पनि उनले बताए । बितेको एक महिनामा मात्रै १२ जनाले आत्महत्या गरेका छन् ।

Facebook Comments Box