पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई किशोरको मृत्यु

सेयर गर्नुहोस

कपिलवस्तु , साउन २९ । जिल्लाको कृष्णनगर नगरपालिकाका सुखरामपुरमा पाेखरीमा डुबेर दुई किशाेर निधन भएकाे छ ।
कृष्णनगर नगरपालिका वडा नम्बर ७ सुखरामपुरमा पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय दुई किशोरहरूको डुबेर मृत्यु भएको छ। गाउँ नजिकै रहेको सार्वजनिक पोखरीमा सवा २ बजेतिर पौडी खेल्ने क्रममा स्थानीय रञ्जित बढाइका छोरा १२ वर्षीय आकाश बढई तथा राजेन्द्र रैदासको छोरा ११ वर्षीय अम्बर रैदासको मृत्यु भएको हो । पोखरीमा डुबेर तैरिरहेको अवस्थामा सब देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतक किशोरहरूको सब स्थानीय र प्रहरीको सहयोगमा बाहिर निकाली पोस्टमार्टमको लागि बहादुरगञ्ज अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारीले जानकारी दिनुभयो ।

Facebook Comments Box