समावेशी संविधान बनेसँगै कौडा र देउडा पनि मूलधारमा : संस्कृतिमन्त्री पाण्डे
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएको बताएका छन्।
सोमवार काठमाडौँमा गायक स्व. अरुण थापा मगरको २६औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आफू पर्यटनमन्त्री भएपछि संस्कृति नीति बनाउने काममा लागेको र अहिले मन्त्रिपरिषदमा पुगेको बताए।
संस्कृति नीति कार्यान्वयनमा आएसँगै पछि परेका संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्ने उनले बताए।
प्रजातन्त्र, लोकतन्त्र र नयाँ संविधानपछि बन्ने संस्कृति नीतिले पछि परेका संस्कृतिहरुको उत्थान गर्ने उल्लेख गर्दै उनले अभौतिक सम्पदा संरक्षणसम्बन्धी ऐन, राष्ट्रियसभाको समितिमा छलफलका क्रममा रहेको जानकारी दिए। थाहा खबर
Facebook Comments Box
