हँसियाले हानेर श्रीमतीको हत्या गरी भागेका करन समातिए

सेयर गर्नुहोस

काठमाडौं : डडेल्धुरामा हँसियाले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ का ५४ वर्षीय करन भुलले श्रीमती ४० वर्षीया खिमादेवि भुलको हँसिया प्रहार गरेर हत्या गरेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिष्टले जानकारी दिए।

भुलले गएराति साढे ११ बजे श्रीमतीको हत्या गरी फरार भएका थिए। उनी भाग्दै गर्दा सोही गाउँपालिकाको गोयलखेतबाट पक्राउ गरिएको विष्टको भनाइ छ। थाहा खबर

Facebook Comments Box