विद्या भण्डारीलाई भेट्न पुगे शेखर कोइराला

सेयर गर्नुहोस

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ।

भण्डारीलाई भेट्न भंगाल पुगेका कोइरालाले करिब एक घण्टा छलफल गरेका थिए। दुई नेताबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा भण्डारी र कोइरालाबीच कुराकानी भएको भण्डारीको सचिवालयले जनाएको छ।

कोइरालाले बिहीबार मात्र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए। कोइराला आज बिहान ९ बजे भण्डारीलाई भेट्न उनकै निवास पुगेका हुन्।

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा प्रवेश गरेको विषयले एमालेभित्र हलचल पैदा भइरहेका बेला कोइरालासँग पार्टीको आन्तरिक अवस्था र सरकारको एक वर्षको समीक्षा भएको हो।

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न नसकेको भन्दै नेता कोइरालाले दौडधुप बढाउका हुन्। थाहा खबर

Facebook Comments Box