धुम्बाराहीमा होटल स्मार्ट सञ्चालनमा
काठमाडौँ :धुम्बाराही चोकमा विभिन्न सुविधासहित होटल स्मार्ट सञ्चालनमा आएको छ।
सोमबार साँझ अभिनेता राजेश हमालसहित सेलिब्रेटीले होटल उद्घाटन गरे। हमालले पानसमा बत्ती बाल्दै रिबन काटेर होटलको मुख्य प्रवेशद्वारको उद्घाटन गरे। गायक प्रमोद खरेलले दोश्रो प्रवेशद्वार, सञ्चारकर्मी प्रकाश सुवेदीले क्याफे, गायिकाद्वय मिलन नेवार र मेलिना राईले वेलनेस सेन्टर, द भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले थकाली सेक्सन र अर्का सञ्चारकर्मी सुशील नेपालले रुफटप बारको उद्घाटन गरे।
करिब ४० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल स्मार्टमा १७ वटा कोठा सहित ६ सय क्षमताको बैंकेट हल, सय क्षमताको रेष्टुरेन्ट, क्याफे, थकाली घर, स्वीमिङ पुल, साउना स्टिम र जाकुजी सहित रूफटप गार्डेन र रेष्टुरेण्ट छ ।
होटललाई सुरेश कार्की र उनको समूहले सञ्चालनमा ल्याएको हो। ‘यो होटल सबै वर्गका ग्राहकलक्षित छ’, उद्घाटनका कार्यक्रममा कार्कीले भने, ‘एकै ठाउँमा धेरै सुविधा र ग्राहकमैत्री छ।’ थाहा खबर
