कीर्तिमानी धावक फौजा सिंहको ११४ वर्षको उमेरमा निधन
बुढ्यौली उमेरमा अनेकन विश्व कीर्तिमान बनाएका भारतका प्रसिद्ध धावक फौजा सिंहको ११४ वर्षको उमेरमा निधन भएको छ।
उनका छोरा हरविन्दर सिंहका अनुसार उनले एक सडक दुर्घटनामा ज्यान गुमाएका हुन्।
परिवारका अनुसार, फौजा सिंह दिउँसो करिब ३ बजे घरबाट निस्किएर जालन्धर–पठानकोट राष्ट्रिय राजमार्ग पार गर्दै एक ढाबातर्फ जाँदै थिए, त्यही बेला जालन्धरबाट पठानकोट जाँदै गरेको सवारीले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
परिवारका अनुसार सिंहलाई तत्काल अस्पताल पुर्याकइएको थियो तर केही समयमै उनलाइ अस्पतालले मृत घोषित गरेको थियो। सन् १९११ मा जन्मिएका फौजा सिंहले दुईवटा विश्वयुद्ध देखेका थिए भने भारत–पाकिस्तान विभाजनको पीडा पनि उनले नजिकबाट अनुभूति गरेका थिए।
सन् २००४ मा फौजा सिंहले विश्वको ध्यान आफूतर्फ ताने जब उनी फुटबल आइकन डेभिड बेकम र बक्सर मोहम्मद अलीसँग मिलेर एउटा अन्तर्राष्ट्रिय कम्पनीको विज्ञापनमा देखिए। फौजा सिंहले सन् २००० मा ‘लन्डन म्याराथन’ मा दौडिए। ८९ वर्षको उमेर पुग्न एक महिना बाँकी रहँदा उनले यो दौड ६ घण्टा ५४ मिनेटमा पूरा गरेर विश्व भर चर्चा बटुलेका थिए।
उनी १०० वर्षको उमेरसम्म म्याराथन दौडमा सहभागी भइरहे र यसबीचमा उनले धेरै विश्व कीर्तिमानहरू पनि बनाए। वैखरी
