आज पनि रास्वपाले गर्‍यो संसद बहिष्कार (तस्वीरहरु)

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सोमबार पनि संसद अवरोध र बहिष्कार जारी राखेको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले डेढ महिनादेखि संसद अवरोध गरिराखेको छ। रास्वपा सांसदहरू आज पनि संसदमा आफ्ना कुरा राखेर बाहिरिएका छन्।

सरकारले संसदीय विशेष छानबिन समिति बनाए पनि त्यसमा रास्वपा र राप्रपाले मान्य नहुने बताउँदै आएका छन्। रास्वपासँगै राप्रपा सांसदले पनि बैठक बहिष्कार गरेका छन्। आजको बैठकमा प्रधानमन्त्रीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउने कार्यसूची छ।थाहा खबर

Facebook Comments Box