यू-१६ इस्ट जोन कपकाे उपाधि जित्न नेपाललाई ११४ लक्ष्य
काठमाडौं : एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न नेपालले सिंगापुरबाट ११४ रनको सामान्य लक्ष्य पाएकाे छ। फाइनलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भयो ।
सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३/३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए । थाहा खबर
Facebook Comments Box
