इटालीमा गर्मीको लहर, प्रमुख शहरहरूमा उच्च स्वास्थ्य शतर्कता जारी

सेयर गर्नुहोस

एजेन्सी

इटालीभर ठूलो गर्मीको लहर फैलिरहेको छ। इटालीका अधिकारीहरूकाअनुसार धेरै प्रमुख शहरहरूमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ। स्वास्थ्य मन्त्रालयले जुन २४ र त्यसपछिका दुई दिनका लागि गर्मीको शतर्कता जारी गरेको छ।

जनतालाई रोकथाम निर्देशिकाहरू पालना गर्न र अस्पताल वा राष्ट्रिय हेल्पलाइनमा कुनै पनि आपतकालीन अवस्थाको रिपोर्ट गर्न आग्रह गरेको छ। मंगलवार मध्य इटालीको फ्लोरेन्स र उत्तरपश्चिममा टुरिन जस्ता लोकप्रिय पर्यटकीय स्थलहरूसहित सात शहरहरूलाई ओरेन्ज शतर्कता अन्तर्गत राखिएको छ।

आगामी दिनहरूमा अवस्था बिग्रने अनुमान गरिएको छ। पछिल्लो बुलेटिनअनुसार बुधवार १३ शहरहरू ओरेन्ज शतर्कता अन्तर्गत रहनेछन्। क्षेत्रीय अधिकारीहरूले बासिन्दा र पर्यटकहरूलाई विशेष चेतावनी पनि जारी गरेका छन्। मध्य इटालीको टस्कनीमा, तापक्रम ३७ देखि ४१ डिग्री सेल्सियसको बीचमा हुने पूर्वानुमान गरिएको छ। थाहा खबर

Facebook Comments Box