विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको छः प्रमुख सचेतक पाण्डे
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विधेयक पारित हुन सरकारकै कारण ढिलाइ भइरहेको बताएका छन्।
बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले मन्त्रीले समितिमा आएर विधेयक छिटो गर्नुपर्छ भन्ने गर्नुभएको तर सरकारकै कारण विधेयक पारित हुनबाट ढिलाइ भइरहेको आरोप लगाए।
उनले सरकारले विधेयकबारे गम्भीरतापूर्वक लिनुपर्ने बताए।
उनले भने, ‘विधेयक छिटो गर्नुपर्ने कुरा माननीय गृहमन्त्रीज्यूले समितिमा आएर सधैँ भन्नुहुन्छ। तर सरकारकै कारणले गर्दा विधेयक छिटो छिटो गएको छैन। यो विषयवस्तुलाई सरकारले गम्भीरताका साथ लिओस्। हाम्रो सभापतिज्यूले पनि चाहे त्यो अख्तियारको होस् वा निजामतीको कुरा होस्, यसलाई सभापतिको तर्फबाट र समितिको नेतृत्वको तर्फबाट पनि पहलकदमी पुगेको छैन।’
प्रमुख सचेतक पाण्डेले समिति सभापतिले पनि विशेष चासो दिएर पहलकदमी लिन नसकेको आरोप लगाए।थाहा खबर

