बढी अधिकार खोज्दा अहिले प्राप्त अधिकार गुम्ने खतरा : उपप्रधानमन्त्री सिंह
काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनबाट प्राप्त अधिकार गुम्ने खतरा रहेको चेतावनी दिएका छन्।
०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकार पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको बताए। प्राप्त अधिकार सुरक्षित राख्ने कि नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको बताए।
प्राप्त अधिकारभन्दा पनि अरू बढी अधिकार खोज्दा यी उपलब्धि पनि गुम्ने खतरा रहेको भन्दै प्राप्त अधिकारको रक्षा गर्न जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताए।
उपप्रधानमन्त्री सिंहले भने, ‘पहिला यसरी भेला हुने‚ संघ संस्थाहरू खोल्ने अधिकार थिएन। प्रजातन्त्रको पुनःबहाली भएपछि पाएका हौँ। अरू बढी अधिकार खोज्दा यी उपलब्धि पनि गुम्ने हुन् कि? प्राप्त अधिकारको महत्त्व बुझ्नुपर्छ। अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ।’
उपप्रधानमन्त्री सिंहले अधिकारको कुरा मात्रै नगरी जिम्मेवारीबोध गर्नुपर्ने बताए। थाहा खबर

