अझै सुरु हुन सकेन प्रतिनिधिसभा
काठमाडौँ : आज पनि सूचना निकालेर साढे ३ बजेलाई सारिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन।
आज दिउँसो १ बजेलाई बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि सभामुखले अढाइ घण्टा पछि बस्ने गरी निर्धारण गरिएको थियो।
दिनभर विपक्षी दलसँग छलफल गर्दा पनि अहिलेसम्म बैठक बस्ने सहमति भइसकेको छैन। यसअघि हिजो र अस्ति दुई दिन यसैगरी सूचना निकालेर बैठक सारिएको थियो।
अहिले पनि सभामुख देवराज घिमिरे विपक्षी दलका प्रमुख सचेतकलगायतका नेताहरूसँग निरन्तर छलफलमा रहेकाले बेलुकीसम्म बैठक बस्न सक्ने संसद सचिवालयले जनाएको छ।
गृहमन्त्री रमेश लेखक भिजिट भिजा प्रकरणमा जोडिएको भन्दै विपक्षी दलले १३ गतेदेखि प्रतिनिधिसभामा अवरोध जारी राखे पनि बजेट भाषण भने गर्न दिएका थिए। थाहा खबर
Facebook Comments Box
