माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
काठमाडौं : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी बैठकमा संसद्को काम कारबाही तथा संक्रमणकाली न्यायसँग सम्बन्धित विषयमा कुराकानी भइरहेको सचिव गणेश साहले जानकारी दिए।
बैठक खासगरी बुधबार सर्वोच्च अदालतको आदेशमा केन्द्रित छ। १२ वर्ष पुरानो काभ्रेका अर्जुन लामाको हत्याबारे उपाध्यक्ष अग्नि सापकोटामाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउने तत्कालीन बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय खारेज भएको थियो।
माओवादी केन्द्रका नेताहरुले भने यो घटनामा छुट्टै अनुसन्धान नभई संक्रमणकालीन न्यायअन्तर्गत राखेर हल गर्नुपर्ने बताउँदै आएका छन्। थाहा खबर
Facebook Comments Box
