जात होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाउनु छ : प्रधानमन्त्री

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समभाव र समनताको विकास गर्दै जातीय छुवाछूत उन्मूलन हुनुपर्नेमा जोड दिएका छन्। उनले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने बताएका छन्

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनुपर्ने तर्क गरेका छन्।

‘मानवताभन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ। आँसु सबैको उस्तै वेदनाले बग्छ । हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ’, प्रधानमन्त्रीको सन्देशमा उल्ललेख छ। थाहा खबर

Facebook Comments Box