बाग्मतीमा गेग्र्यान हटाउने काम थालियो : उपप्रधानमन्त्री सिंह

सेयर गर्नुहोस

काठमाडौँ : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले बर्सातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बागमती नदीमा गेग्र्यान हटाउने काम भइरहेको बताएका छन्।

उनले सम्भावित जोखिम रहेका ठाउँमा अहिले काम भइरहेको बताए।

बर्सातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक, पुल र बेली ब्रिजलगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारे पूर्वाधार विकास समितिमा बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिँहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए।

“विगतका घटनाबाट पाठ सिक्नुपर्छ। नदी समयमा सफा गर्नुपर्छ। उपत्यकामा नदीको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभयो। अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले बागमती नदीमा काम सुरु गरिसकेको छ,” उनले भने।

उपप्रधानमन्त्री सिंले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकामा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक सतर्कता अपनाइने बताए।

बाग्मती सभ्यताका आयोजना निर्देशक नारायणप्रसाद भण्डारीका अनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्र्यान हटाउने काम भइसकेको छ।

अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदीबाट गेग्र्यान हटाउने काम भइरहेको छ।

समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरि आउने विपद्का लागि आवश्यक सतर्कता अपनाइएको बताए।

उनले विपद् हेर्नेगरी प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयमा ‘फोकल पर्सन’ तोकेर काम भइरहेको जानकारी दिए। थाहा खबर

Facebook Comments Box