प्रतिनिधिसभाको बैठक भोलि १ बजेसम्मका लागि स्थगित
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ। बैठक भोलि अपराह्न १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले बताएका हुन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिने तर त्यसअघि आफूहरूका मागको विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने अडान लिएपछि आज सहमति हुन नसकेको बताइएको छ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाएर अनुसन्धान गर्ने, गृहमन्त्रीले राजीनामा दिने र प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने तीनवटा माग अघि सारेका छन्। थाहा खबर
Facebook Comments Box
