आजदेखि माओवादीको काठमाडौं केन्द्रित अभियान
काठमाडौं : मध्यपहाडी लोकमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको नेकपा माओवादी केन्द्रले सोमबारदेखि काठमाडौं उपत्यका केन्द्रित अभियान गर्दैछ। अभियान काठमाडौंको चन्द्रागिरिबाट सुरुवात गरिने भएको हो।
अभियानको पहिलो कार्यक्रम चन्द्रागिरि नगरपालिका-४ थानकोटमा राखिएको माओवादी केन्द्र बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले जानकारी दिए। कार्यक्रमलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए।
यसअघि रोकिएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान भोलिबाट गोर्खा जिल्लाबाट थाल्ने भनिए पनि स्थगित गरिएको छ। थाहा खबर
Facebook Comments Box
