यातायात मन्त्रालयमा सुरु भयो सरकार र यातायात व्यवसायीबीच वार्ता
काठमाडौँ : सरकार र यातायात व्यवसायीबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका वार्ता सुरु भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा रहेको सरकारी वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको हो ।
गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण विहानैदेखि जनजीवन प्रभावित भएको छ।
नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न ९ सदस्यीय समिति गठन गरिएको जानकारी दिए। थाहा खबर
Facebook Comments Box
