सभामुखसँग पनि विपक्षी दलहरूले भने : सदन खुलाउन गृहमन्त्रीको राजीनामा नै बटमलाइन
काठमाडौं : विपक्षी दलहरूले सदन खुलाउन भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएका छन्। शुक्रबार सभामुख देवाराज घिमिरेले सदनको अवरोध हटाउनेबारे दलका प्रमुख सचेतक तथा सेचतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान दोहोर्याएका हुन्।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले हिजो (जेठ १५ गते)का लागि मात्रै अवरोध हटाएको बताउँदै अब निरन्तर अघि बढ्ने बताए। ‘देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौँ’, उनले भने, ‘तर हाम्रो अडान कायमै छ। यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ। करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौँ। यो विषय सदनमा उठाउँछौँ। अब बाँकी काम सरकार हो।’
अर्को विपक्षी दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि हिजो जिम्मेवारीबोध गरेर छाडेको भए पनि आफूहरू आन्दोलनमा नै रहेको बताए। उनले काम गर्न बाहिर गएका आम नागरिकहरूलाई दुःख दिने, मानव तस्करीसँगसम्म जोडिएको घटनामा सरकार गम्भीर भएको भन्दै आपत्ति जनाए।
‘उहाँहरूले केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ। हामीले आफ्नो कुरा राखेका छौँ’, उनले भने, ‘हिजो जिम्मेवारीबोध गरेर छाडेका हौँ। रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ। आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ।’
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामासँगै प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगसमेत माग गर्दै आएका छन्। १३ गतेदेखि सदन चल्न नदिएका उनीहरूले बिहीबार भने संवैधानिक प्रावधानअनुसार बजेट प्रसतुत गर्नैपर्ने भएकाले अवरोध गरेनन्। सभामुखसँग पनि विपक्षी दलहरूले भने : सदन खुलाउन गृहमन्त्रीको राजीनामा नै बटमलाइन
थाहा संवाददाता
|
१ घण्टा अघि
अ अ अ
काठमाडौं : विपक्षी दलहरूले सदन खुलाउन भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएका छन्। शुक्रबार सभामुख देवाराज घिमिरेले सदनको अवरोध हटाउनेबारे दलका प्रमुख सचेतक तथा सेचतकहरूसँग छलफल गरेका थिए। त्यसक्रममा विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान दोहोर्याएका हुन्।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूले हिजो (जेठ १५ गते)का लागि मात्रै अवरोध हटाएको बताउँदै अब निरन्तर अघि बढ्ने बताए। ‘देश, जनता र संविधानविरोधी गतिविधिलाई मध्यनजर गरेर हामीले हिजो अवरोध हटाएका हौँ’, उनले भने, ‘तर हाम्रो अडान कायमै छ। यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ। करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं भनेका छौँ। यो विषय सदनमा उठाउँछौँ। अब बाँकी काम सरकार हो।’
अर्को विपक्षी दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि हिजो जिम्मेवारीबोध गरेर छाडेको भए पनि आफूहरू आन्दोलनमा नै रहेको बताए। उनले काम गर्न बाहिर गएका आम नागरिकहरूलाई दुःख दिने, मानव तस्करीसँगसम्म जोडिएको घटनामा सरकार गम्भीर भएको भन्दै आपत्ति जनाए।
‘उहाँहरूले केही भएको छैन भन्दै नियमित प्रक्रियाबाट जान खोज्दै हुनुहुन्छ। हामीले आफ्नो कुरा राखेका छौँ’, उनले भने, ‘हिजो जिम्मेवारीबोध गरेर छाडेका हौँ। रास्वपासहित सबै विपक्षी दल आन्दोलनमा छौँ। आन्दोलनको माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ।’
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामासँगै प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगसमेत माग गर्दै आएका छन्। १३ गतेदेखि सदन चल्न नदिएका उनीहरूले बिहीबार भने संवैधानिक प्रावधानअनुसार बजेट प्रसतुत गर्नैपर्ने भएकाले अवरोध गरेनन्। थाहा खबर
