संसद्को अवरोधबारे माओवादीले जेठ १९ मा निर्णय लिने
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले संसद्को अवरोधबारे निर्णय लिन संसदीय दलको बैठक बोलाएको हो।
जसअनुसार जेठ १९ गते मध्यान्ह १२ बजे माओवादी संसदीय दलको कार्यालयमा बैठक बस्नेछ। जेठ १३ गतेदेखि विपक्षी दलहरूसँग मिलेर लगातार संसद् अवरोध गर्दै आएको माओवादीले बिहीबार सरकारले ल्याएको आगामी वर्षको बजेट पेस गर्न दिएको थियो ।
संसद्मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ।थाहा खबर
Facebook Comments Box
