सदनको अवरोध हटाउने सभामुखको पहल, प्रमुख सचेतक र सचेतकसँग छलफल गर्दै
काठमाडौं : सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाउनु भएको हो।
सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरका विषयमा समेत तयारी गर्ने गरी छलफल बोलाइएको सभामुखको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। थाहा खबर
Facebook Comments Box
