दुर्गा प्रसाईं नेतृत्वको समूह राजावादी आन्दोलनमा सहभागी नहुने

सेयर गर्नुहोस

काठमाडौं : राजसंस्था पुनर्स्थापनार्थ आज (जेठ १५) देखि सुरु हुन लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको समूह सहभागी नहुने भएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहकै पहलमा बनेको नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ले आजदेखि आन्दोलन थाल्दैछ, जसमा अन्य राजावादी दल र समूह पनि सामेल छन्।

तर यो संयुक्त आन्दोलनमा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सहभागी नहुने भएको हो। उक्त समूहका सचिव प्रेमदीप लिम्बुले विज्ञप्तिमार्फत् आन्दोलनमा सहभागी नहुने जानकारी दिएका छन्।

विज्ञप्तिमा राप्रपा नेतृत्वको आन्दोलनमा आफूहरू सहभागी नहुने उल्लेख गरेका छन्। सुवेदी नेतृत्वको संयुक्त समितिले चैत १४ गते प्रसाईंलाई ‘जनकमान्डर’ घोषणा गरेको थियो। तर चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं प्रहरी हिरासतमा छन्। थाहा खबर

Facebook Comments Box