सभापति देउवालाई लिएर बालुवाटर पुगे गृहमन्त्री लेखक

सेयर गर्नुहोस

काठमाडौं : गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद अवरोध गरेपछि नेकपा एमाले र नेपाली कांग्रेस छलफलमा जुटेका छन्।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन्।

भिजिट भिसा प्रकरणमा मन्त्रीकै राजीनामा माग भएपछि छलफलका लागि देउवा र लेखक बालुवाटार पुगेका हुन्।

हिजो विपक्षी दलहरूले लेखकले राजीनामा नदिँदासम्म संसद चल्न नदिने अडान लिएका थिए।

भोलि बजेट ल्याउनै पर्ने बाध्यात्मक अवस्थामा रहेको सरकार कसरी सदन सुचारु गर्न सकिन्छ भन्ने छलफलमा केन्द्रित रहेको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। थाहा खबर

Facebook Comments Box