इजरायली हवाई आक्रमणमा ५४ प्यालेष्टिनी मारिए
एजेन्सी
इजरायली हवाई आक्रमणका क्रममा गाजामा गएराति कम्तीमा ५४ प्यालेष्टिनी मारिएका छन्। आक्रमणमा परी कैयौँ मानिस घाइते भएका छन्।
मारिएकामध्ये धेरैजसो विद्यालयमा आश्रय लिएर बसेका रहेका बिबिसीले जनाएको छ। गाजा शहरको फहमी अल–जरगावी विद्यालयमा बेइत लाहियाका सयौं मानिसहरू बसोबास छन् । उक्त स्थान हाल इजरायली सैन्य आक्रमणको चपेटामा छ।
विद्यालयमा आक्रमण हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा विभागका अनुसार उक्त विद्यालयमा आक्रमणपछि मानिसहरू बसेका दुई कक्षाकोठामा आगलागी भएको थियो। इजरायल डिफेन्स फोर्सेसले त्यहाँ हमास र इस्लामिक जिहादको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई लक्षित गरेको दाबी गरेको छ।थाहा खबर
Facebook Comments Box
