रास्वपामा संसदीय दलको नेता फेर्न माग

सेयर गर्नुहोस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा संसदीय दलको नेता फेर्न माग गरिएको छ। नेता यज्ञमणि न्यौपानेले पार्टी सभापति एवं दलका नेता रवि लामिछाने तत्काल जेलबाट नछुट्ने अवस्थामा दलको अर्को नेता चयन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।

मुख्य पदहरू रिक्त हुँदा पार्टीलाई अगाडि बढाउन नसकिने भन्दै न्यौपानेले महाधिवेशनसम्मका लागि पद पूर्ति गर्न माग गरेका हुन् । पार्टीका कार्यवाहक सभापति डिपी अर्याल र उपसभापति स्वर्णिम वाग्लेलाई सुझाव पत्र पठाउँदै उनले रिक्त रहेको महामन्त्री, सहमहामन्त्रीका साथै केन्द्रीय सदस्य पदहरूको पनि पूर्ति गर्न भनेका छन् ।

पार्टीको शुभेच्छुक संस्था स्वतन्त्र कानुन व्यवसायी संघका अध्यक्षसमेत रहेका न्यौपानेले पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि जनमत संग्रहको माग राख्नुपर्ने उल्लेख गरेका छन् ।

नेता न्यौपानेको सुझावहरू:–

संगठित रूप

१‍. रिक्त पार्टी उपसभापति ,महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य( सम्पूर्ण जातजाति लिङ्ग समुदायबाट प्रतिनिधित्व हुने गरी महाअधिवेशन सम्मका लागि तत्काल पूर्ति गर्ने।

२. शुभेच्छुक संगठन सबै निकायमा अविलम्ब गर्ने र ती शुभेच्छुक संगठनहरू भातृ संगठनको रुपमा नरही स्वेत्त प्रकृतिका रहने

३. संसदीय दलको नेता चयन गर्ने

४. सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने

५. २०७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउने ।

सैद्धान्तिक रूप

१. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने।

२. वैकल्पिक राजनीतिक दलहरू र नयाँ राजनैतिक दल र वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने ।

३. विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने , र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्ने ।

४. देशका विविध विषयमा ज्ञान भएका विज्ञहरुलाई राखी खुल्ला विचार गोष्ठी आयोजना गरी प्राप्त सुझाव अनुसार पार्टीले लिने सैद्धान्तिक दृष्टिकोण तय गर्ने।

५. भारत ,चीन ,अमेरिका , युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्ने। थाहा खबर

Facebook Comments Box