विराट कोहलीले गरे टेस्ट क्रिकेटबाट सन्यास घोषणा

सेयर गर्नुहोस

एजेन्सी

काठमाडौं : भारतीय स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूले सन्यास लिएको घोषणा गरेका हुन्।

३६ वर्षीय कोहलीले सन् २०११ मा वेस्ट इन्डिजविरूद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए।

पहिलो र दोस्रो पारीमा उनले क्रमश : ४ र १५ रन बनाएका थिए। उनले अन्तिम टेस्ट खेल अष्ट्रेलियाविरूद्ध खेलेका थिए। जहाँ उनले पहिलो र दोस्रो पारीमा क्रमश :१७ र ६ रन बनाएका थिए।

कोहलीले हालसम्म १२३ टेस्ट म्याच खेलेका छन्। जसमा ९ हजार २ सय ३० रन बनाएका छन् भने उनको औषत ४६. ८६ रहेको छ। कोहलीले टेस्टमा ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्। थाहा खबर

Facebook Comments Box