अब आउने कुनै जेठ १५ मा पनि राजतन्त्र पुनःस्थापना हुन सक्दैनः प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने बताएका छन्।
आइतवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले खुलेआम लोकतान्त्रिक प्रणालीभित्र लोकतन्त्र उल्ट्याउने शंखघोष गरिएको भन्दै प्रतिगमनमा लैजाने हुंकार नगर्न चेतावनी दिए।
उनले अब आउने कुनै पनि जेठ १५ मा राजसंस्था पुनः स्थापना हुने सपना नदेख्न आग्रह गरे। देश संविधान र कानूनअनुसार चल्ने र संविधान र कानूनअनुसार चल्न तयार हुनुपर्ने बताए।
प्रधानमन्त्री ओलीले प्रतिगमनको वकालत गरेर टाउको ठोक्किने गरी उफ्रिनुको कुनै अर्थ नरहेको बताए। थाहा खबर
Facebook Comments Box
