सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : महेश बर्तौला
काठमाडौँ : नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताए।
शुक्रवार संसद भवन परिसरमा पत्रकारसँग कुरा गर्दै उनले गभर्नर नियुक्तिका लागि भएको छलफलले केही समय लिएको बताए।
उनले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको पनि बताए।
गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको भन्दै उनले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय अदालतमा पुगेकाले नियुक्तिमा ढिलाइ भएको जिकिर गरे।
उनले सरकारले छलफललाई निश्कर्षमा पुर्याएर छिट्टै नियुक्ति गर्ने बताए। थाहा खबर
Facebook Comments Box
