कुष्ठरोग सम्बन्धी व्यापक रणनीति बनाउन जरुरी : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले कुष्ठरोग सम्बन्धी व्यापक रणनीति बनाउन जरुरी रहेको बताएका छन्।
बिहीवार काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्ताराष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वास्थ्य मन्त्रालयले कुष्ठरोगीलाई औषधि र उपचारको मात्रै व्यवस्था गरेर नपुग्ने भन्दै उनले कुष्ठरोगको सम्बन्धमा व्यापक रणनीति बनाउन जरुरी रहेको बताए।
उनले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनकि निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त कुष्ठरोगबाट निको भइसकेका व्यक्तिलाई समावेश गर्न जरुरी रहेको बताए। उनीहरूलाई स्थान दिएमात्रै उनीहरूले आत्मसम्मान पाउने र आत्मविश्वास जाग्ने बताए।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने, ‘स्वास्थ्य मन्त्रालयले औषधि र उपचारको मात्रै व्यवस्था गरेर पुग्दैन। यो कुष्ठरोगको सम्बन्धमा एउटा कन्प्रिहेन्सिभ स्ट्राटेजी डेभलप गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता र जीवनस्तर र सार्वजनिक निर्णय प्रक्रियामा सहभागिता हुने समावेशिताको सिद्धान्त लगायतमा उनीहररूलाई हामीले स्पेश दियौँ भने तब उसको आत्मसम्मान जागेर आउँछ। उसको आत्मविश्वास जागेर आउँछ।’
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले कुष्ठरोगीले म कुष्ठरोगी हुँ भन्ने कुरा गर्वका साथ भन्नसक्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताए। थाहा खबर
