मिडियाले नेपाली भाषाको उचाइ गिराए : प्रधानमन्त्री

सेयर गर्नुहोस

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मिडियाले नेपाली भाषाको उचाइ गिराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

बुधवार गोरखापत्र दैनिकको १२५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। उनले नेपाली भाषामा अनेक सम्मानार्थी शब्द रहेको भन्दै अहिलेको मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्ने गरेको आरोप लगाए।

नेपाली भाषा विश्वकै धनी भाषा भएको उनको भनाइ छ। उनले अंग्रेजी भाषाको नक्कल गरेर नेपाली भाषाको कद नघटाउन आग्रह गरे उनले नेपाली संस्कार र संस्कृति अनुसार सम्मानको भाषा बोल्ने नहुने भन्दै हजुरबुबा र नातिका लागि एउटै भाषा प्रयोग गर्न नहुने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि हाम्रो भाषिक आन्दोलनलाई बचाउने कुरामा गोरखापत्र अगाडि छ। नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे, यो नेपाली भाषा होइन। राजा हुँदा हेर्दैनथे नजर गर्थे, हिँड्दैनथे, सवारी हुन्थ्यो‚ खाँदैनथे ज्यूनार हुन्थ्यो‚ सुन्दैनथे श्रवण गर्थे। राजतन्त्र फाल्यौँ भनेपछि जनताको छोराछोरी किन मान्ने ? यिनलाई सम्मान किन गर्ने ?’

प्रधानमन्त्री ओलीले नेपाली भाषामा भएको समृद्धि अरू भाषामा नभएको बताए। थाहा खबर

Facebook Comments Box