ओलीले लात हानेपछि प्रचण्डलाई ठिक भएको छ: देउवा

काठमाडौं, चैत २७ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पटकपटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बताएका छन्।
त्यसबेला प्रचण्डले केपी शर्मा ओलीलाई साथ दिएकोसमेत उनले बताए। देउवाले २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई पटकपटक प्रधानमन्त्री बन्न भनेको बताएका हुन्।
काठमाडौंमा आज भएको निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधानमन्त्री बनाउन खोजेको होइन हामीले? तपाईंहरूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक भएको छ।’
उनले ओलीलाई हटाउन खोजे पनि संख्या नपुगेको बताए। आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि उनको भनाइ छ। जसलाई प्रधानमन्त्री बनाए पनि आफू तयार रहेको उनले बताए। सेताेपाटी
Facebook Comments Box
