माओवादी केन्द्रका सांसदद्वारा सभा अवरुद्घ , उठायाे नयाँ मुद्दा !

काठमाडौं। विभाजन भएसँगै नेकपा माओवादी केन्द्रले छाडा गतिविधि सञ्चालन सुरु गरेको छ । बिहीबार वाग्मती प्रदेशसभाको बैठकमा माओवादी केन्द्रका सांसदहरुले अवरोध गर्दै आतंकित माहोल बनाएका हुन् ।
माओवादी केन्द्रका सांसदले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएका राष्ट्रिय सरोकारका विषयलाई प्रपोगांडा बनाउँदै बैठक सञ्चालन गर्न नदिने अर्थात प्रदेश सरकार नै अघि बढ्न नदिने चेतावनी दिएको हो ।
वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगन गरिएको बताए। आज शुरु भएको बैठकमा विशेष समय लिएर बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले अहिले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने समयमा मन्त्रिपरिषद्ले आवश्यकीय कार्यविधि र मापदण्ड तयार नगरी विद्युतीय बस खरिदका लागि प्रक्रिया अघि बढाएको हुँदा भ्रष्टाचारलाई नै प्रोत्साहन गर्न खोजिएको हो कि भनी आरोप लगाए।
